माओवादी महाधिवेशन : ‘जनयुद्ध’को चित्रकथा (तस्बिरहरू)

काठमाडौँ । सशस्त्र जनआन्दोलन पृष्ठभूमि रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को ८औं राष्ट्रिय महाधिवेशन जारी छ । पुस ११ गतेबाट काठमाडौँको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनअन्तर्गतकाे पहिलो दिनको बन्दसत्रसमेत सकिसकेको छ, जहाँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक दस्ताबेजसमेत प्रस्तुत गरिसकेका छन् ।

माओवादीले आफ्नो महाधिवेशनस्थल प्रज्ञा भवनलाई विभिन्न राजनीतिक सामग्रीहरूले सजाएको छ । जसमा सशस्त्र द्वन्द्वकालीन तस्बिरहरूसमेत यत्रतत्र टाङ्गिएका छन् । ‘महान् जनयुद्धको चित्रकथा’ नाम दिइएकाे तस्बिरहरूमा १० वर्षे सशस्त्र जनयुद्धकालीन क्षणहरू कैद भएका छन् ।

तस्बिरहरूमा पूर्वमाओवादी नेताहरू डा. बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’, गोपाल किराँतीलगायतका नेताहरूसमेत देख्न सकिन्छ । उनीहरू महाधिवेशनकाे उद्घाटनसत्रमा भने उपस्थित भएनन् । पार्टी जीवनको फरक-फरक कालखण्डमा प्रचण्डसँग विद्रोह गरेर पार्टी छोडेका उनीहरूलाई उद्घाटनसत्रमा निम्तो भने दिइएको थियो ।

सांस्कृतिक संग्रहालय नेपाल, सातदोबाटोले प्रस्तुत गरेको तस्बिरहरूमा माओवादी सेनाहरूको संघर्षदेखि शान्ति सम्झौतासम्मलाई देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *