कांग्रेस धनकुटाले चुनावका विजेता र उपविजेताको सहभोज गर्ने

काठमाडौँ । नेपाली कांग्रेस जिल्ला कार्य समिति धनकुटाले जिल्लामा सार्थक मेलमिलाप कायम गर्न भन्दै पुनर्मिलन र सहभोज आयोजना गर्ने भएको छ । १४ औँ महाधिवेशनका क्रममा वडादेखि जिल्लासम्मै निर्वाचन हुँदा नेता कार्यकर्तामा विभाजित मानसिकता रहन सक्ने भएकाले त्यसलाई अन्त्य गर्न पुनर्मिलन कार्यक्रम राखिएको समितिका सचिव विजयसन्तोषी राईले जानकारी दिए ।

नेपाली कांग्रेस धनकुटाका पदाधिकारीहरुको सोमबार बसेको बैठकले राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर पुस १६ गते पुर्नमिलन र सहभोज कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको सचिव राईले जानकारी दिए ।

जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा भएको बैठकले धनकुटा जिल्लाभरि कांग्रेसजनमा सार्थक एकता कायम गरी पार्टी बलियो बनाउन महाधिवेशनमा वडा तहदेखि पालिका, प्रदेश सभा निर्वाचित क्षेत्रीय समिति, क्षेत्रीय र जिल्ला अधिवेशनका विजेता तथा उपविजेता सबैलाई सहभागी गराउने गरी पुर्निमिलन तथा सहभोजको आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *