माओवादी महाधिवेशन: प्रचण्डको प्रतिवेदन २५ समूहमा छलफल हुँदै
काठमाडाैँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ । सोमबार बन्दसत्रमा प्रस्तुत भएको प्रतिवेदनबारे आज २५ समूहमा छलफल हुने भएको हो ।
छलफलका लागि सोमबार नै २५ समूह बनाइएको थियो । अध्यक्ष प्रचण्डको प्रतिवेदनमा आज दिनभर छलफल गरेर भोलि ती समूहले निष्कर्ष सुनाउने कार्यतालिका छ । यी २५ वटै समूहमा नेता देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा प्रतिवेदनमाथि पनि छलफल हुनेछ ।
हेर्नुहोस् स्थान र समूहको समन्वय गर्ने जिम्मेवारी :-
समूह १
सहभागी : ज्येष्ठ कम्युनिस्ट मञ्च
समन्वयको जिम्मेवारी : एनके प्रसाईं
समूह २ र ३
सहभागी : सल्लाहकारहरू
समन्वयको जिम्मेवारी : नन्दकुमार थापा
समूह ४ र ५
सहभागी : प्रदेश १ का प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ
समूह ६ र ७
सहभागी : प्रदेश २ का प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : गणेश साह
समूह ८ र ९
सहभागी : लुम्बिनी प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : चक्रपाणि खनाल
समूह १० र ११
सहभागी : गण्डकी प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ
समूह १२
सहभागी : प्रवास प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त
समूह १३ र १४
सहभागी : कर्णाली प्रदेशका प्रतिनिधिहरू
संयोजन गर्ने जिम्मेवारी : विमला केसी
समूह १५ र १६
सहभागी : सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट
समूह १७ र १८
सहभागी : सम्पूर्ण विभागका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा
समूह १९
सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा
समूह २० र २१
सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी
समूह २२ र २३
सहभागी : बागमती प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री
समूह २४
सहभागी : आयोगका सदस्यहरू
समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ
समूह २५
सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर