नेकपा एस र नेकपा जनवादीबीच एकता (भिडिओसहित)
काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच एकता भएको छ । मंगलबार (आज) राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको हो ।
महता माओवादीबाट छुट्टिएका नेता हुन् । माओवादी सशस्त्र युद्धकालमै चुनवाङ्ग बैठकबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अगि सारेका कार्यदिशामा असहमति जनाउँदै ०६२ सालमा महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौलागाईं, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरीलगायतका नेताहरू छुट्टिएका हुन् ।
उनै नेताहरू आजबाट एकीकृत समाजवादीमा समाहित भएका हुन् । यसअघि मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) बाट छुट्टिएको लोकेन्द्र लम्साल नेतृत्वको नेकपा मसाल (सम्पर्क केन्द्र) माओवादीमा समाहित भएकाे थियाे ।