राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय परीक्षा बोर्ड बिच सम्झौता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्ड बिच पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात् दुई वर्ष सेवा अवधि पूरा गरेका बोर्डका कर्मचारीहरूलाई बोर्डको सिफारिसमा अधिकतम १५्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने जनाएको छ ।
बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने जनाएको छ ।
हाल बैंकको आधार दर ५.५१ प्रतिशत रहेको छ । सम्झौता अनुसार बोर्डको कर्मचारीहरूको तलबी खाता बैंकले सञ्चालन गर्नेछ ।
कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बिद्यार्थीहरुले बोर्डलाई बुझाउने शुल्कहरूलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्ने व्यवस्था गर्न दुवै संस्था मिलेर अगाडि बढ्ने बताएका छन् ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले दुई संस्थाबिचको लामो सम्बन्धलाई व्यवहारिक र बस्तुपरक बनाउँदै लैजाने बताए ।