महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
मकालु खबर
२०७८ पुस १३ गते
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
महाकाली जनज्योति आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्थानीय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी समेत प्रदान गरिएको बैंक महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्लाले बताए ।
महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र सोही अनुसार भीमदत्त–११ भुजेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डा. गोविन्द रोकाया लगायत १० जना स्वास्थ्यकर्मीको टोली रहेको थियो ।
मकालु खबर
२०७८ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित