नेपाल पुरुष भलिबल टोली पदकविहीन

काठमाडौँ । एभीसी सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपमा नेपाली पुरुष टोली चौथो बनेको छ । बंगलादेशमा जारी च्याम्पियनसीपमा तेस्रो स्थानका लागि मंगलबार भएको खेलमा उज्वेकिस्तानसँग ३-० ले पराजित भएको थियो ।

उज्वेकिस्तानले नेपाललाई २५-१५, २५-१७, २५-२२ ले हराउँदै तेस्रो बन्यो । यसअघि समूहचरणको खेलमा भने नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो । दुई वर्षअघि स्वदेशमा भएको च्याम्पियनसीपमा नेपाल समूह चरणबाटै बाहिरिए पनि यो पटक भने तेस्रो स्थानका लागि भिडेको थियो ।

पाँच वर्षअघि माल्दिभ्समा भएको सोहि प्रतियोगितामा भने नेपाल कास्य पदक जितेको थियो । त्यो नेपाली पुरुष भलिबल टोलीले जितेको पहिलो पदकका रुपमा रहेको थियो ।

राउन्ड रोबिनमा श्रीलंका र बंगलादेश पराजित नेपालले उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदै कास्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो । नेपाली महिला भलिबल टीम भने लगातार दोस्रो पटक च्याम्पीयन बन्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *