नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवमा ओझा

काठमाडौँ । नेपाल प्रेस युनियनको कार्यवाहक महासचिवको जिम्मेवारी उपमहासचिव भीष्मराज ओझाले सम्हालेका छन् । युनियनको मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले तत्कालीन महासचिव अजयबाबु शिवाकोटी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि रिक्त रहेको सो पदको जिम्मेवारी उपमहासचिव ओझालाई सुम्पिएको हो ।

कांग्रेसको विधानअनुसार पार्टीको पदाधिकारी एवं सदस्यमा निर्वाचित भएपछि अर्को पद स्वतः खारेज हुने व्यवस्था छ । बैठकले शिवाकोटीलाई हालसम्म महासचिव पदमा रहेर गरेको योगदानका लागि धन्यवाद दिँदै उनलाई बधाई तथा शुभकामना प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकपछि युनियनको कार्यालयमा आयोजित कार्यक्रममा महासचिव शिवाकोटीले उपमहासचिव ओझालाई माइन्यूटसमेत हस्तान्तरण गरे । दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा रहेका उनी हाल राष्ट्रिय समचार समिति (रासस)को वरिष्ठ समाचारदाताका रूपमा कार्यरत छन् । पत्रकारितामा स्नातकोत्तर गरेका ओझासँग तीन कार्यकालदेखि प्रेस युनियनको पदाधिकारीमा रहेर काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *