महिला भलिबल टिमका खेलाडीलाई जनही पाँच लाख दिने सरकारको निर्णय
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७८ पुस १४ गते
![महिला भलिबल टिमका खेलाडीलाई जनही पाँच लाख दिने सरकारको निर्णय](https://www.makalukhabar.com/wp-content/uploads/2021/12/volleyball.jpg)
काठमाडौँ । सरकारले ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’ को विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिमका खेलाडी र प्रशिक्षकलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको प्रस्तावमा खेलाडीलाई प्रोत्साहनवापत प्रतिखेलाडी पाँच लाख दिने निर्णय भएको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालले मंगलबार बंगलादेशको ढाकामा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई हराउँदै उपाधि रक्षा गर्न सफल भएको थियो । नेपाल प्रतियोगितामा अपराजितसमेत रहेको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७८ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित