एभरेष्ट बैंकको मोबाइल एप ओम्नी च्यानल प्रणालीमा स्तरोन्नती
काठमाडौँ । एभरेष्ट बैंकले आफ्नाे माेबाइल एप ईबीएल–टच २४ लाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नती गरेको छ ।
बुधबार एभरेष्ट बैंक आफ्नो मोबाइल बैंकिङ संस्करणलाई नयाँ ‘ओम्नी च्यानल’मा अपग्रेड गरेको हो । अपग्रेड गरिएको मोबाइल बैंकिङ सेवाले बैंकका ग्राहकहरूलाई जुनसुकै बेला र जहाँसुकै (मोबाइल, ट्याब, पीसी, ल्यापटप आदि) बाट डिजिटल प्लेटफर्महरू प्रयोग गर्न सहज बनाउने बैंकले जनाएको छ ।
बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालको उपस्थितिमा उक्त प्रणालीको शुभारम्भ गरिएको हो ।
एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंकसँग संयुक्त उद्यम हाल लाखौं ग्राहक आधार रहेको छ, जुन नेपालको बैंकिङ क्षेत्रमा धेरै मध्ये एक हो ।
हाल बैंकले आफ्नो १०५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १३८ एटीएम तथा फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।