बर्नलीलाई पराजित गर्दै युनाइटेड शीर्ष ६ मा

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३-१ ले पराजित गरेको छ। बिहीबार भएको खेलमा युनाइटेडले बर्नलीविरुद्ध पहिलो हाफमा युनाइटेडले तीन गोल गर्दा बर्नलीले एक गोल फर्काएको थियो। जितसँगै युनाइटेड शीर्ष ६ मा उक्लिएको छ।

म्यानचेस्टर युनाइटेडले स्कट एमसी टोमिनले ८ औँ मिनेटमा पहिलो गोल गरेका थिए। २७ औँ मिनेटमा युनाइटेडले आत्माघाती गोलमार्फत अग्रता दोब्बर बनायो। बेन मीले क्लियर गर्ने प्रयास गर्दा गोल गरेका थिए। टिमका लागि तेस्रो गोल भने क्रिस्टियानो रोनाल्डोका नाममा रह्यो।

रोनाल्डोले ३५ औँ मिनेटमा टिमका लागि तेस्रो गोल गरे। बर्नलीले ३८ औँ मिनेटमा लेनोनको गोलमार्फत खेलमा फर्कने प्रयास गरे पनि ३-१ को अवस्थामा नै पहिलो तथा दोस्रो हाफ सकियो। दोस्रो हाफमा पनि युनाइटेडले गोलका केही सुन्दर मौका चुकाएको थियो।

जितपछि युनाइटेड इङ्लिस प्रिमियर लिगमा छैटौँ स्थानमा उक्लिएको छ। टोटनह्यमलाई पछि पार्दै युनाइटेड १८ खेलबाट ३१ अङ्कका साथ छैटौँ स्थानमा रहँदा एक खेल कम खेलेको टोटनह्यमको ३० अङ्क रहेको छ।

वेस्टह्याम भने युनाइटेड समान ३१ अङ्क भए पनि पाँचै स्थानमा छ। चौथो स्थानमा रहेको आर्सनलको ३५ अङ्क रहेको छ। कोभिडका कारण एभर्टन र न्युक्यासलबीचको खेल भने स्थगित भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *