बीपी मेलमिलापको नीतिकै जगमा राजनीतिक परिवर्तन सम्भव : देउवा

काठमाडाैँ । प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलमिलापको नीतिकै जगमा लोकतन्त्र बहाली भएर राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज शुभकामना दिँदै उनले बिपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूको कारण राजनीतिक परिवर्तन सम्भव भएको बताएका हुन् ।

देउवाले नेताहरूको त्याग, संघर्ष र योगदानको उच्च सम्मान गरे । ‘२०३३ पुस १६ गते आजकै दिन बिपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रद्धेय नेताहरूले ​राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनुभएको थियो, उहाँहरूको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा ​लोकतन्त्र बहाली हुँदै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको हो,’ देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आजको दिन हाम्रा नेताहरूको त्याग, संघर्ष र योगदानको उच्च सम्मान प्रकट गर्दछु ।’

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *