कर्णालीका नौ जिल्लामा एमाले अधिवेशन, आज प्रतिनिधि छानिँदै
मकालु खबर
२०७८ पुस १७ गते
सुर्खेत । कर्णाली प्रदेशका नौ जिल्लामा नेकपा (एमाले)को जिल्ला अधिवेशनका लागि आज शनिबार प्रतिनिधि छनोट गरिँदैछ । २३ पुसमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट गरिन लागिएको हो ।
कर्णालीका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुम पश्चिम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्लामा आज प्रतिनिधि छनोट हुने एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले जानकारी दिए । जुम्ला जिल्लामा भोलि मात्र जिल्ला प्रतिनिधि चयन गरिनेछ ।
मकालु खबर
२०७८ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित