सडक महोत्सवमा दुर्घटना, १ जनाको मृत्यु

पोखरा । पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका – ६ को वडा कार्यालय र शान्ति पाटन मार्गको बीचमा मादक पदार्थ सेवन गरी गाडी चलाउँदा पैदल यात्री सुनिल गुरुङको मृत्यु भएको हो ।

ग २ च १११८ नम्बरको हाईलक्सले नजिकका ६ वटा गाडीलाई पनि ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनामा अर्की एक महिला पनि घाइते भएकी छन् ।  गुरुङको मेट्रोसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *