डिशहोमका दुई भाग्यशाली ग्राहकले पाए स्पेन घुम्ने टिकट

काठमाडौँ । डिशहोमका दुई भाग्यशाली ग्राहकले स्पेन घुम्ने टिकट पाएका छन् ।

डिशहोमले ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको हो । क्यास आईडी नम्बर ०२५६४०७८६९६ र ०२५५८२५५८२४ भएका दुई ग्राहकले उक्त टिकट पाएका हुन् ।

बिजेता ग्राहकले स्पेन जाने–आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल टिकट र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष हेर्ने पाउने छन् ।

२०७८ कार्तिक १९ देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहक मध्ये दुई ग्राहकले लक्की ड्रमार्फत उक्त अवसर पाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *