कांग्रेसले टुङ्ग्यायाे राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार
मकालु खबर
२०७८ पुस १९ गते
काठमाडाैँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरेको छ । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रदेश १ बाट गोपाल बस्नेत, बागमती प्रदेशबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णालीबाट दुर्गा गुरुङ र सुदूरपश्चिमबाट नारायण दत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि सोमबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले कांग्रेसलाई ६ सहित माओवादी र एकीकृत समाजवादीलाई ५/५, जसपालाई २ र राजमाेलाई १ सिट दिने निर्णय गरेकाे थियाे ।
मकालु खबर
२०७८ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित