एमालेले टुङ्ग्यायाे राष्ट्रिय सभा सदस्यका उम्मेदवार

काठमाडाैँ । एमालेले राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरूकाे नाम टुङ्ग्याएकाे छ । साेमबार बसेकाे सचिवालयकाे बैठकले उम्मेदवारहरूकाे नाम टुङ्ग्याएकाे हाे । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गकाअनुसार प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएकाे हाे ।

यस्तैगरी प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव र महिलातर्फ बिना साह उम्मेदवार बन्ने भएका छन् । यता बागमतीमा खुलातर्फ गोपाल शाक्य उम्मेदवार बन्दा महिलातर्फ निरकुमारी कुँवर दर्लामी गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल उम्मेदवार बनेका छन् । यस्तै गण्डकीबाटै महिलातर्फ लीला पोखरेल थनेट र दलिततर्फ गोविन्दबहादुर नेपाली उम्मेदवार बन्नेछन् ।

लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल र दलिततर्फ कृष्णबहादुर सुनारलाई उम्मेदवार बनाइएकाे छ । कर्णालीमा खुलातर्फ चुडामणि शर्मा, महिलातर्फ गंगा थापा महत र र अल्पसंख्यकतर्फ पदमबहादुर माझीलाई उम्मेवार बनाउने भएकाे छ ।

सुदूरपश्चिमबाट खुलातर्फ डिल्लीराज भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा र दलिततर्फ नरेश विकलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । १२ माघमा हुने निर्वाचनका लागि भोलि मंगलबार मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *