कांग्रेसले १६ जिल्ला अधिवेशनको मिति फेरि सार्‍यो

काठमाडौँ । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पुस २७ गते हुने तय भएको १६ जिल्लाको अधिवेशन तथा कार्यसमिति निर्वाचन सार्ने निर्णय गरेको हो ।

बैठकले आउँदो माघ १५ गते ती जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको समितिका सचिव केशव रिजालले निकालेको विज्ञप्तिमा उल्लेख छ । माघ १२ मा हुने राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गरी जिल्ला निर्वाचन सारिएको हो ।

विवादका कारण कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरलगायत १६ जिल्लामा अधिवेशन गर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *