एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित
मकालु खबर
२०७८ पुस २१ गते
काठमाडाैँ । पुस २२ गते बिहीबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्ला अधिवेशनका लागि सांसदहरू काठमाडौं बाहिर जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि का लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।
यसअघि माओवादीले गरेको आग्रहमा पुस १८ गते बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको थियो । एमालेकाे अवरोधका कारण संसद बैठक लामो समयदेखि सञ्चालन हुन सकेको छैन ।
मकालु खबर
२०७८ पुस २१ गते
प्रतिक्रिया
सम्बन्धित