देउवा एकलौटी रुपमा अघि बढेको भन्दै शेखर पक्ष रुष्ट
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले केन्द्रीय सदस्य मनोनीत गरेकोमा नेता डा. शेखर कोइराला पक्षले औपचारिक रुपमै असन्तुष्टि जनाएको छ । नेता कोइरालाले बुधबार गरेको आफू निकटका नेताहरुको भेलामा सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन विना कुनै मापदण्ड नियुक्त गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको भन्र्द कुन मापदण्डका आधारमा केन्द्री सदस्यहरू नियुक्त गरेको भन्ने प्रश्नको उत्तर दिनुपर्ने बताए
नेता कोइरालाले सभापतिलाई मन परेको र नपरेको आधारमा व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने बताउँदै सेचत हुन आग्रह समेत गरे । विधि र विधान बाहिर गएर गरिने सबै काम बन्द गर्न सबैले एक भएर लाग्नुपर्ने पनि बताए ।
सभापति देउवाले कांग्रेसको १४औं महाधिवेशन पदाधिकारीमा पराजितहरुमध्ये केहीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको र केहीलाई नगरेको भन्दै कोइराला पक्ष असन्तुष्ट थियो । यसै सन्दर्भमा बुधबार आफु पक्षका नेताहरुको भेला नै बोलाएर कोइरालाले औपचारिक रुपमै असन्तुष्टि राखेका हुन् ।
भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा,सहमहमान्त्रीहरु बद्री पाण्डे र जीवन परियारलगायत नेताहरु उपस्थित छन् । भेलामा अहिले नेताहरुले आ आफ्नो धारणा राखिरहेका छन् ।
भेलामा कोइरालाले गरेको सम्बोधन-
साथीहरु !
नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुयाउने अभियानमा विश्राम लागेको छैन पार्टीको १४औं महाधिवेशनले केही साथीहरुलाई महत्वपूर्ण जिम्मेवारीमा पुयाएको छ भने केही साथीहरुलाई पदिय जिम्मेवारीबाट बाहिर राखेको छ ।
१० संगठन भित्रको जिम्मेवारी पाउनु भएका साथीहरुलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरुले मात्र आशा र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरुको गतिविधिलाई हेरिरहेका छन । त्यस कारण हामी अग्नि परिक्षामा छौं ।
२० हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ अहिले पार्टी संगठन भित्र कटुता, विभाजन र सहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन तर यति भनिरहंदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ । हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगत रुपमा अगाडि बढोस् भन्ने चाहन्छौं । सबै कांग्रेसजन एउटै परिवारका सदस्य हो, भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरु हाम्रा लागि असहज हुन सक्छन् । हाम्रो निर्णय प्रकृयाले पार्टीमा उजाको संचार गर्न नसके कांग्रेस शिथिल हुन सक्छ ।
३० पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्डू अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो । हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।
४० सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने रु
मलाई थाहा छ । हामी पार्टीको निर्णय गर्ने ठाँउमा प्रभावकारी हुन सक्दैनौ होला तर पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौं। यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने मलाई लाग्छ हामी सक्छौं।
साथीहरु
हाम्रा अगाडिका बाटाहरु सहज छैनन, तीन तहको निर्वाचन हाम्रो सामु छ । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथीहरु सामु जानेछौं। कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौं । हामी थाक्ने छैनी र विश्राम लिने छैनौं । हामी कुनै पनि कार्यकर्ता साथीहरुको शिर झुक्न दिने छैनौं र निराश हुन दिने छैनौ। कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहने छौ। तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा न्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौं ।
जय नेपाल
डा। शेखर कोइराला
२१ पौष २०७८