महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपालिकालाई ट्रि गार्ड प्रदान
मकालु खबर
२०७८ पुस २२ गते
काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडले बाँस गढी नगरपालिकालाई ट्री गार्ड हस्तान्तरण गरेको छ ।
बैंकको बाँस गढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नगरपालिकालाई बर्दियास्थित महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षणका लागि भन्दै १० वटा ट्री गार्ड प्रदान गरेको हो ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धन बहादुर चन्द, बाँस गढी उद्योग वाणिज्य संघका महासचिव युग पति पौडेल तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।
आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
मकालु खबर
२०७८ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित