प्रधान न्यायाधीशविरुद्ध बारको नारा- विचौलिया सर्वोच्च छोड !
काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा माग्दै आन्दोलनलाई जारी राखेको छ । झन्डै तीन महिनायतादेखि बारको अगुवाइमा आन्दोलनमा उत्रिएका वकिलहरू बिहीबार पनि सर्वोच्च र बार परिसरमा भेला भएर नाराबाजी गरेका थिए ।
नाराका क्रममा वकिलहरूले प्रधान न्यायाधीश जबराको राजीनामा मागेका थिए । वकिलहरूले हाम्रो आन्दोलन जारी छ, विधिको शासन कायम गर, विचौलिया राजीनामा देलगायतका नारा लगाएका थिए ।
कानून व्यवसायीहरू सडकमा आफूविरुद्ध उत्रिएपनि प्रधान न्यायाधीश जबराले भने टेरपुच्छर लगाएका छैनन् । बारसँगै पूर्वप्रधान न्यायाधीश फोरमलगायतले प्रधान न्यायाधीश जबरालाई राजीनामा गर्न आग्रह गरेका छन् ।
यद्यपि प्रधान न्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र त्यसरी बहिर्गमन हुने बताउँदै सडक र सञ्चारमाध्यमबाट राजीनामा माग्दैमा नदिने दाेहाेर्याउँदै आएका छन् ।