अनुसन्धान विभाग प्रमुखमा खरेल
मकालु खबर
२०७८ पुस २२ गते
काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा यादुलाल खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
खरेल यसअघि विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक रहेका थिए । सरकारले उनलाई पुस २३ गतेबाट लागू हुनेगरी मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो ।
मकालु खबर
२०७८ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित