गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल
मकालु खबर
२०७८ पुस २३ गते
काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीचको बैठक प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलकाअनुसार बैठक बिहान साढे ९ बजेबाट जारी छ ।
बैठकमा राजदूत नियुक्तलगायतका विषयहरूमा छलफल भइरहेको छ । यस्तै अन्य समसामयिक विषयहरूमा पनि छलफल भइरहेको छ । यस्तैगरी बैठकमा राष्ट्रिय सभा निर्वाचनकाे थप रणनीतिबारे छलफल भइरहेकाे छ ।
बैठकमा प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पौडेललगायतका नेताहरूको उपस्थिति रहेको छ ।
मकालु खबर
२०७८ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित