महालक्ष्मी बैंकका ग्राहकलाई ईशान बाल तथा महिला अस्पतालमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पताल प्रालि सँग सम्झौता गरेको छ ।

एक विशेष कार्यक्रमका बिच उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक रामनंदन प्रसाद चौधरी र बैंकका तर्फबाट बसुन्धारा शाखाका प्रमुख विकास देवकोटाले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पश्चात् यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैङ्किङमार्फत भुक्तानी गर्नुहुने ग्राहकले ईशान बाल तथा महिला अस्पतालमा ओपिडी टिकट, ल्याब सेवा ,भिडियो एक्स ̵ रे सेवा, इको, इसीजी र बेड भर्नामा आकर्षक छुट प्राप्त गर्ने कुरा बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरूबाट जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *