गठबन्धनको सरकार बनेपछि राष्ट्रियताको झण्डा झुकिरहेछ : उपमहासचिव गुरुङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गठबन्धनको सरकार बनेपछि नेपालको राष्ट्रियताको झण्डा झुकिरहेकाे बताएका छन् । शुक्रबार लमजुङमा आयोजित एक राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव गुरुङले भने, ‘जब गठबन्धनको सरकार बन्यो, तब नेपालीको राष्ट्रियताको झण्डा झुकिरहेको छ । स्वाधीनताको झण्डा झुकिरहेको छ ।’

उपमहासचिव गुरुङले लमजुङ जिल्लाको विकासको ‘मोडेल’ एमालेबाहेक कुनै पनि दलसँग नभएको दाबी गरे । ‘अब यहाँ माओवादी केन्द्र, जनता समाजवादी पार्टी, कांग्रेस, जनता समाजवादी पार्टी कुनै पनि पार्टीलाई रहन दिइने छैन । उनीहरू कुनैसँग पनि यहाँका विकासको मोडेल छैन । यस्ता दलहरू किन चाहियो जनतालाई ?,’ उपमहासचिव गुरुङले प्रश्न गरेका छन् ।

यस्तै उपमहासचिव गुरुङले जिल्लाका नेता/कार्यकर्ताहरूलाई चुनावकेन्द्रित हुन आह्वान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *