१४ करोड खर्चिएर पोखरामा बन्यो हेल्थ क्लब

पोखरा । पोखरामा अन्तराष्ट्रिय स्तरको हेल्थ क्लब बनाइएको छ । जीम र स्विमिङ सहितको क्लव निर्माण गरिएको हो ।

पोखराको घारीपाटनमा १४ करोड लगानीमा ‘आव्या क्लब’ सुरु हुन लागेको निर्माण कम्पनीले जनाएको छ । झण्डै ४ वर्ष अघिदेखि निर्माण सुरु भएको क्लब एक महिनाभित्रै सन्चालनमा ल्याईने सन्चालक समितिका निर्देशक किरण केसीले बताए ।

सन् २०१८ देखि निर्माण सुरु भएको हो । कोरोनाका कारण निर्माणमै लामो समय गुजार्नुपरेको उनले बताए ।

‘मुलुक बन्दाबन्दीमा रहकाले पनि क्लब सञ्चालनमा आउन ढिलाई भएको हो,’ उनले भने । उनका अनुसार ५ देखि ८० वर्षसम्मका सबै उमेर समूहका ब्यक्तिले क्लब प्रयोग गर्न सक्छन् ।

झण्डै २० रोपनी क्षेत्रफल रहेको क्लबमा अत्याधुनिक जीम, स्विमिङ पुल, रेष्टुरेन्ट, स्पा, साउना, स्टिम, उफ्रो, हार्ड टेनिस कोर्ट, कन्फ्रेन्स हल, योगा लगायतको सुविधा छ । जीमहलमा एकै पटक ३ सय जनाले सेवा लिन सक्ने छन् ।

जीमलाई बडिविल्डिङसँगै अध्यात्मसँग पनि जोडिएको अर्का निर्देशक निरोज लामाले बताए ।

क्लबमा केसी र लामासँगै रोशन केसी, प्रकाश केसी, विश्वप्रकाश गौतम, बरुण खड्का, सायव एबी मल्ल समेतको लगानी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *