बझाङ सदरमुकाममा म्याद नाघेका सामान नष्ट
- रुपक खडका
बझाङ । बझाङ सदरमुकाम चैनपुरका खुद्रा तथा थोक पसलबाट मयद नाघेका सामान बरामद गरि नष्ट गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बझाङको संयोजकत्वमा भएको बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेको सामान बरामद गरि नष्ट गरिएको हो । अनुगमनका क्रममा पसल दर्ता नगर्ने तथा म्याद नाघेका सामान राखेका ब्यापारीलाई कारर्बाहि गर्न चेतावनी दिइएको छ ।
अनुगमन टोलिले सबैभन्दा बढी हाम्रो टेरेर्डस, न्यूमल्ल स्टोर र चन्द्रधनुष स्टोरबाट करिब २ लाख २ हजार ७ सय बराबरको म्याद नाघेको मदिरालगायत खाद्य बस्तु बरामद गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खडक बोहराले जानकारी दिए ।
दुई तीन बर्ष अघि नै म्यान गुज्रिएका बस्तु पनि बेच्नका लागि राखेको पाइएको उनले बताए । दुर्गम जिल्ला भएकाले डिलरहरुले ठुलोमात्रामा गोदाममा सामान राख्ने र समयमै बिक्रि नगरी लामो समयसम्म राख्दा म्याद गएपनि गाउँघरका अशिक्षित ब्यापारीलाई बिक्रि गर्ने गरेको पाइएको छ । म्याद नाघेको सामानमा सबैभन्दा बढी मदिरा, जुसलगायत उपभोग्य बस्तु रहेको पनि बोहोराले जानकारी दिए ।