ज्योति विकास बैंकको १५.५ प्रतिशत लाभांश पारित

काठमाडौँ । ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

साभारणसभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

बैंकले ११ प्रतिशत बोनश शेयर पारित गरेपश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब २६ कराेड रूपैयाँ पुगेको छ। वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्थासमेत गरिएको थियो ।

साधारण सभाको अवसरमा बैंकले तम्घास, मुर्गिया र टाँडीस्थित थप ३ नयाँ शाखा कार्यालयहरुको उद्घाटन पनि गरेको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले डिजिटल प्रविधि मार्फत ती शाखा कार्यलको उदटन गरेका हुन् । उपत्यका र उपत्यकाबाहिर गरी बैंकका शाखाको संख्या १०८ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *