प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण

काठमाडाैँ । नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि काेराेना संक्रमण भएकाे छ ।

प्रचण्डकाे पीसीआर परीक्षण गर्दा काेराेना पाेजेटिभ देखिएकाे स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनकाअनुसार आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका प्रचण्डको स्वास्थ्य अवस्था सामान्य छ ।

उनकाे सचिवालयले केही दिनयता दाहालको सम्पर्कमा रहेका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ । काेराेना संक्रमणकाे जाेखिम बढेसँगै प्रचण्डले कार्यकर्ता भेटघाट बन्द गरेका थिए । माओवादीकै नेता नारायणकाजी श्रेष्ठ काेराेना संक्रमित भई आइसाेलेसनमा बसेका छन् ।

श्रेष्ठ पनि संक्रमित
नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य श्रेष्ठले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । ‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु । कम्तीमा १४ दिन आइसोलेसनमा नै रहनेछु’, श्रेष्ठले भनेका छन्, ‘हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनु भएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

हालै काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनमा सहभागी धेरै नेतालाई कोरोना संक्रमण भएको आशंका छ । नेताहरू बिरामी भएकै कारण यसअघि पदाधिकारी छनोट गर्न भोलि पुस २५ गते बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पनि स्थगन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *