गलत (कविता)
म अनि तिमी
भेटिएको चोक गलत भो
मैले हिँडेको गल्ली
अनि
तिमी हुनेको गोरेटो
भो
सायद
तिमी पूर्वबाट पश्चिम जाँदै नगरेकी हुँदि हो
वा म उत्तरबाट दक्षिण जाँदै नगरेको हुँदो हो त
कास
म दाहिनेबाट देब्रे
तिमी पनि दाहिनेबाटै देब्रे घुम्दै गरेकी हुँदि हो त
म वा तिमी फर्किएर एउटै बनाउनु हुन्थ्यो घुम्ती
त्यसैले हाम्री घुमाइको घुम्ती उल्टो भो
माया
हामी अर्थात् तिमी र म
वा म र तिमी
पुग्थ्यौ होला कुनै जिन्दगीको बिन्दुमा
तर
उभिएर पनि हामी
एक अर्का बिच ठिक एउटै दिशामा
तिमीले देखाएको गन्तव्य र मेरो दृष्टि उल्टो भो
बुझ्न सकेनी तिमीले दिएकी सुर र ताल
जिन्दगीले दिएको राग गलत भो
उनिन त उनिएकै हौ एउटै धागोमा
उन्ने उनाई गलत भो
भन्न त भन्लाऊ
किन चुँडिएर उनियौ हामी
उनिए पछि चढ्नु चढाइनु गलत भो
वा उम्लाऊ चुँडिनु चुँडाइनु त नियम न हो
अपवाद पनि त छन्
अपवाद नपारिनु नियति गलत भो
माया
तिमी अनि म
म अनि तिमी
त्यसैले दुई खोलीको दोभान झैँ
भेटिएपनि चुपचाप चुपचाप बगिरहौँ
चुपचाप चुपचाप चार आँखा
एकै खोलीको दुई किनार झैँ बगिरहौँ हुन्न?
बस कसैलाई यो थाग नहोस्
हामी एक अर्कामा हराई सक्यौ
अतः
तिमि भन्लाऊ ‘के समाजमा
माया नै गर्नु गलत हो र ?’
म भनौला
‘त्यो कदापि होइन
तर समाजमा रहेर कवि,
समाजसँग जुहारी खेल्न नसक्नु मबाट गलत भो’
माया
चौबाटोको दुई किनारमा बसेर
तिमीले मलाई
मैले तिमीलाई बाटो काटेर एक अर्कालाई
अपनाउन नसक्नु गलत भो ।