इन्टेरियर डिजाइनर्स एसोसियसनको साधारणसभा सम्पन्न

काठमाडौँ । इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपाल (आइडिया नेपाल) को वार्षिक साधारण सभा काठमादौस्थित लैनचौर ब्यान्केटमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी सहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले इन्टेरियर क्षेत्रको प्रयोग र बवकासको लागि सरकारले आवश्यक कदम चाल्ने बताइन् ।

कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा गरेको योगदानको कदर गर्दै रबिन्द्र पुरीलाई विशेष सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो ।

कार्यक्रमको सभापतित्व गरेका आइडिया नेपालका अध्यक्ष बिन्द्रा प्रधानले आइडिया नेपाल इन्टेरियर डिजाइनको उत्थान र प्रगतिको निम्ति लागि पर्ने बताइन् ।

उनले इन्टेरियर डिजाइन प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली,सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रको उत्पादकत्वसँग सम्बन्धित बिषय भएको बताइन् ।

सरकारले नीति निर्माण गर्दा इन्टेरियर जिाइनसँग सम्बन्धि पक्षलाई समेत समावेश गर्नुपर्ने उनले आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *