नेपाल लाइफको सिनियर डीसीईओमा पराजुली
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओमा) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । आइतबारबाट पराजुलीले सिनियर डीसीईओ कार्यभार सम्हालेका छन् ।
पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए ।
नवनियुक्त सिनियर डीसीईओ पराजुलीले विगतका अनुभवका आधारमा थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै, यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको उनले बताए ।
‘अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सूचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ,’ नवनियुक्त सिनियर डीसीईओ पराजुलीले भने ।