लाथमको शतकमा न्युजिल्यान्डको सानदार सुरुवात

काठमाडौँ । बंगलादेशसँगको जारी टेस्ट सिरिजको अन्तिम खेलको पहिलो इनिङमा घरेलु टोली न्युजिल्यान्डले गतिलो सुरुवात गरेको छ । क्राइस्टचर्चमा दोस्रो टेस्टको पहिलो दिन न्युजिल्यान्डले सानदार ब्याटिङ गर्दै १ विकेट गुमाएर ३४९ रन बनाएको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको किवि टीमका कप्तान टम लाथम १८६ रनमा अविजित छन्। २७८ बल खेलेका उनले २८ चौका प्रहार गरे।

अर्का ओपनर विल योङले ५४ रन बनाए । डेभन कनवे ९९ रनमा अविजित छन्। बंगलादेशका लागि सोर्फुल इस्लामले १ विकेट लिएका छन् । पहिलो टेस्टमा बंगलादेश ८ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *