खोप कार्ड अनिवार्यदेखि विद्यालय बन्दसम्म, यी हुन् सीसीएमसीका १३ सिफारिस
मकालु खबर
२०७८ पुस २५ गते
काठमाडौँ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसी)ले नियन्त्रणका लागि भन्दै सरकारलाई विभिन्न १३ वटा सिफारिस गरेको छ ।
आइतबार बसेको सीसीएमसीको बैठकले माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने देखि विद्यालय माघ १५ गतेसम्म बन्द गर्नु पर्ने लगायतको सिफारिस गरेको छ ।
सीसीएमसीले कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने सिफारिस गरेको छ ।
मकालु खबर
२०७८ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित