के हामी श्रमिकहरूको स्वर्णिम युगमा प्रवेश गर्दैछौँ ?

महामारीले हाम्रो जीवनका सबै पक्षहरूमा बिघ्न खडा गरेको छ । यसमा हाम्रो श्रमसँगको सम्बन्ध पनि पर्छ । भाइरसलाई रोकथाम गर्ने नाममा पछिल्ला दुई वर्षमा विश्व अर्थतन्त्र बन्द जस्तै भएको छ । यसले उपभोक्ताको बानी व्यवहारमा परिवर्तन गरेर घुमफिर, कला र सत्कारका क्षेत्रलाई अप्ठ्यारोमा पारेको छ । धेरैले इलम गुमाएका छन् । भाग्यमानीहरूले भने धनी पश्चिमा सरकारहरूको तर्फबाट बिदा बसेरै बेतन थाप्न पाए ।

अझै अर्थतन्त्र ध्वस्त बनाउने गरी विश्वले महामारीसँग जुधिरहेपनि केही श्रमिकहरूले आफ्नो श्रमको अवस्थामा आफ्नो हातमाथि पार्ने अवसर पाइरहेका छन् । उनीहरूको या त धेरै माग भइरहेको छ या त अरू अवसरहरू हात लागिरहेका छन् या त बेतन बढिरहेको छ । उनीहरूले आफ्नो जीवनशैली अनुसारकै काम पनि पाइरहेका छन् ।

के यसले श्रम क्षेत्रमा नयाँ युगको सूत्रपात गरेको हो त ? अरुबेला अवमूल्यन हुने समाजलाई चलाउन सहयोग गर्ने नर्स, गोदामका कामदार, ट्रक चालकदेखि खुद्रा पसलका कामदारलगायतका महत्त्वपूर्ण क्षेत्रमा काम गर्नेहरूको कामको महत्त्व कोभिड–१९ महामारीले बढाएको छ ।

यी नायकहरू थोरै छनौट भएर पनि उनीहरूले कोभिड–१९ को समस्याग्रस्त समयमा आफैलाई जोखिममा राखेर काममा खटेका थिए । सायद यी केही महत्त्वपूर्ण क्षेत्रका श्रमिकहरूलाई ढिलै भए पनि राम्रो सुविधाहरू आउँछन् । पसललाई खाली हुन नदिन सन् २०२१ को जुलाईमा रोजगारदाताहरूले पाँच महिनाको अन्तरालमा दश प्रतिशत तलब बढाउनुको साथै चालकहरूलाई वकिल र इन्जिनियरकोभन्दा धेरै तलब भत्ता दिए ।

श्रम तथ्याङ्क ब्युरोकाअनुसार अमेरिकामा पनि सेवा क्षेत्रको तलब पछिल्लो २० वर्षकै सबैभन्दा धेरै भएको छ । यद्यपि, श्रमिकहरू काममा जान कम मात्रै इच्छुक देखिएका छन् ।

दक्षताको लागि व्यापक प्रतिस्पर्धा

कोभिड–१९ ले धेरै श्रमिकहरूलाई आफ्नो प्राथमिकताहरू प्रतिबिम्बित गर्नतर्फ धकेलेको छ । सन २०२१ मा बीमा प्रदायक प्रुडेन्सीयनका अनुसार हरेक चारमा एक श्रमिकले आफ्नो रुचि र सन्तुलनको क्षेत्रमा काम गर्न काम खोजिरहेका छन् ।

श्रमिकसँग जोडिदिने संस्था द आडेक्को समूहका प्रमुख कार्यकारी निर्देशक अनलाइन देहाजेकाअनुसार देशहरूको नाका थुनिएपछि दक्षहरूको चलायमानतामा असर पारेको छ । र, कोभिड– १९को प्रत्यक्ष असरका कारण श्रमिकहरूले कि अवकाश लिँदैछन् कि छोड्दैछन् । यसले तीव्र प्रतिस्पर्धाको अवस्था सिर्जना गरेको छ ।

महत्त्वपूर्ण क्षेत्रका केही रोजगारदाताहरूको अल्पकालीन समयको लागी हात माथि परे पनि यो दीर्घकालीन नहुन सक्छ । दीर्घकालको लागि, श्रमको बढ्दो रकमले यान्त्रिकीकरण प्रचलन बढाउन सक्छ । यसले उत्पादन बढाए पनि रोजगारका अवसर भने घट्नेछन् । सन् २०२१ मा परामर्शदाता कम्पनी म्याकिन्सेले ८०० उच्चपदस्थ कार्यकारीहरूमाझ गरेको एक सर्वेक्षणअनुसार विश्वका दुई तिहाइ कम्पनीले यान्त्रीकरण र आर्टिफिसियन इन्टेलिजेन्सको क्षेत्रमा लगानी बढाइरहेका छन् ।

म्याकेन्सिको अनुमानअनुसार अमेरिकामा मात्रै ४३ लाख रोजगारीका अवसरहरू घट्नेछन् । यसले अमेरिकाको सेवा क्षेत्रमा काम गर्ने १ करोड ३३ लाख र खुद्रा पसल क्षेत्रमा काम गर्ने १ करोड ४८ लाख श्रमिकलाई प्रत्यक्ष असर पार्नेछ ।

सुपर मार्केटहरूमा हुने ‘सेल्फचेकआउट’ सेवा हेर्दा यसको हामीले देखिनेगरिका परिवर्तन महसुस गरिरहेका छौँ । उच्च पदस्थ श्रमिकहरू जसले अनलाइनमै काम गर्छन् त्यहाँ पनि परिवर्तन देखिएको छ ।

कार्यालय नपुगी गरिने ‘रिमोट वर्किङ’ले काममा नयाँ लचकताहरू ल्याएको छ । घरबाटै काम गर्ने प्रचलन र लगानी शुरू गर्न कोभिड–१९ निषेधताका सरकारहरूले ल्याएको निर्देशन थियो ।

एक विशाल सङ्क्रमण

ओमिक्रोनको वृद्धिसँगै धेरैले आफ्ना श्रमिकहरूलाई घरमै बसेर काम गर्न भनिरहेका छन् । यसले कार्यालय बाहिर काम गर्ने संस्कृतिको सामान्यीकरण गरिरहेको छ । किन्सेकाअनुसार यो चलनको कारण आगामी दिनमा घरबाट काम गर्नेहरूको आयतन महामारी शुरू हुनु अगाडिकोभन्दा पाँच गुणा धेरै पुग्नेछ ।

यसले काममा जाने सवारीको भूगोल नै परिवर्तन गर्ने छ । सहरभन्दा बाहिरका सस्ता र धेरै खुल्ला क्षेत्र भएका क्षेत्रहरूमा मान्छेको बसाइ हुनसक्छ । घरबाटै काम गर्नुको अवस्यपनि फाइदाहरू छन् । कार्यालयसम्म पुग्न हुने लामो यात्रा गर्ने समय श्रमिकले काममै लगाउन सक्छन् । यसले पैसादेखि कार्बन उत्सर्जनसम्म कम हुन्छ । घरमै हुँदा खासगरि कामकाजी अभिवाभवकहरूमा काम र जीवनको सन्तुलन पनि कायम हुन्छ ।

अन्तरमुखी स्वभाव भएका र कार्यालयमा काम गर्दा अरूले ध्यान तानेर असहज महसुस हुनेहरूलाई त घरमै काम गर्न पाउनु वरदान नै हो । रिमोट वर्किङको अर्थ रोजगारदाताहरूले वृहत् भूगोलको क्षेत्रबाट कामदार ल्याउन सक्ने अवसर हुनु हो ।

रोजगारदाताको छनौट र लाभको क्षेत्र बढ्नु हो । कार्यालयको क्षेत्रफल घटाएर पनि रोजगारदाताहरूले आफ्नो खर्च कटौती गर्न सक्छन् । यत्ति हुँदाहुँदै कार्यालयबाट पर रहेर घरबाटै काम गर्नुका केही कमजोरीहरू पनि छन् । सिर्जनात्मक काम गर्ने व्यापारिक नेतृत्वले भिडियो कलले गरिने संवादले कार्यालयमा हुने सहकार्य र समन्वय भन्दा राम्रो नहोला भन्ने सोच्न सक्छन् । व्यवस्थापकहरूले कार्य कौसललाई अवलोकन गर्न गाह्रा ठान्न सक्छन् ।

यदि कार्य कौसलको परिणामभन्दा समयमा मात्रै ध्यान दिने पूर्वाग्रह भएमा यसले घरबाटै काम गर्ने श्रमिकहरूलाई घाटा हुनेछ । यदि तपाई बस्ने र काम गर्ने ठाउँ आकर्षक छैन भने घरबाटै काम गर्न झिँजो हुनसक्छ । यथार्थ यो छ कि सबैको सुन्दर बगैँचा र घरमै कार्यालय जस्तो राम्रो इन्टरनेट सुविधा आदिको पहुँच हुँदैन ।

एकै क्षेत्रमा काम गर्ने र सुत्ने दिनचर्याले धेरै श्रमिकहरूको मानसिक स्वास्थ्यमा असर गर्न सक्छ । बेलायतको रोयल सोसाइटी फर पब्लिक हेल्थको रिपोर्टअनुसार ५६ प्रतिसतले कामबाट दिमागलाई छुटकारा गराउन गाह्रो हुन्छ । कम्पनीहरू डिजिटल दुनियाँमा गइरहँदा त्यहाँ साइबर हमलालगायतका उच्च जोखिम समेत हुन्छन् ।

प्राविधिक परामर्श कम्पनी एसेन्टुरकाअनुसार यस्तो हमला १२५ प्रतिसतले बढेको छ । साइबर प्रतिरक्षामा समुचित बुझाइ र लगानी बिना श्रमिकदेखि लाभग्राही दुवै समस्यामा पर्न सक्छन् । श्रम क्षेत्र अहिले विशाल सङ्क्रमणबाट गुज्रिरहेको छ ।

कसैलाई लकडाउन र आर्थिक सहायताले आफ्नो निजी इच्छाको क्षेत्रमा पुग्न जोस्याइरहेको छ । कसैले अझ कम तनाव र दबाबमा राम्रो बेतनसहित काम गर्न अवसर आएको छ । कसैका लागि भने ठूलो अनिश्चिततामा अगाडि मडारिएको छ । म्याकिन्सेका अनुसार हरेक १६ जनामा एक जनाले सन २०३० भित्र नयाँ पेसा अपनाउन खोजिरहेका छन् ।

कसैलाई पछि नछोडी हामीले श्रमको नयाँ प्रचलनलाई स्विकार्नै पर्ने हुन्छ । यसको लागि डिजिटल दुनियाँमा प्रवेशको लागि आवश्यक तालिममा पनि उत्तिकै लगानी आवश्यक हुन्छ । राम्रोसँग काम गरिएमा, हामी श्रमिकहरूको स्वर्णिम युगमा हुनेछौँ ।अलजजीराबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *