पीएम कप

सुदूरपश्चिमलाई ९४ रनको लक्ष्य

काठमाडौँ । प्रधान मन्त्री कप टी-ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेश सामु ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन जोड्यो ।

पुलिसका लागि कुशल भुर्तेल र पवन सराफले पहिलो विकेटका लागि गरेको साझेदारीनै टीमका लागि उच्च रह्यो । भुर्तेलले ३८ बलमा २१ रन बनाउँदा १ छक्का प्रहार गरेका थिए। त्यस्तै १६ बलमा २० रन बनाएका सराफले ४ चौका प्रहार गरे ।

अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन । थप दोहोरो स्कोरका रूपमा आरिफ शेखले १० रन बनाए । पुलिसलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका नारायण जोशी र आदित्य महताले समान ३(३ विकेट लिए। शेर मल्लको नाममा २ विकेट रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *