कर्णालीलाई ११७ रनको लक्ष्य

काठमाडौँ । प्रधान मन्त्री कप टी-ट्वेन्टी क्रिकेटमा आफ्नो पहिलो खेलमा कर्णाली सामु १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पुरै २० ओभर टिक्न नसकेको विभागीय टीम आर्मीले १९.१ ओभरमा अलआउट हुँदै १ सय १६ रन बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रन बनाउँदा हरि चौहानले २० तथा थप दोहोरो रनका रूपमा रोहित पौडेल र कुशल मल्लले समान १०-१० रन प्रहार गरेका थिए ।

आर्मीलाई अलआउट गर्ने क्रममा कर्णालीका प्रकाश जैशीले ३ विकेट लिँदा अनुज चुनराले २ विकेट लिए । त्यस्तै दिनेश अधिकारी, रवीन्द्र साही र राज साहका नाममा १-१ विकेट रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *