कर्णालीमाथि आर्मीको प्रभावशाली जित 

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप टी– ट्वेन्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा कर्णालीलाई १ सय १७ रनको लक्ष्य दिएकोआर्मीले बलरहरूको उत्कृष्ट प्रदर्शनमा ६३ रनको जित निकाल्यो।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर १ बलमा १ सय १६ रन बनाएको थियो। जवाफमा कर्णाली १४ ओभर ४ बलमा ५३ रनमा नै समेटियो । कर्णालीका अर्जुन घर्तीले १६ तथा कप्तान रविन्द्र शाहीले १५ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ तथा सुशन भारी, सहाव अलामले २–२ विकेट लिए। सोमपाल कामी र विक्रम शोबको नाममा १–१ विकेट लिए । पहिले ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीको २९ रन सर्वाधिक रह्यो।

त्यस्तै हरि चौहानले २० रन बनाउँदा रोहित पौडेल र कुशल मल्लले समान १०–१० तथा सोमपाल कामी र सहाव आलमले ९–९ रन बनाए । आर्मीलाई अलआउट गर्ने क्रममा कर्णालीका लागि प्रकाश जैशीले ३ विकेट लिँदा अनुज चुनराले २ तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज साहले १–१ विकेट लिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *