आरिफको कसिलो बलिङमा पुलिसको रोमान्चक जित

काठमाडौँ । प्रधानमन्त्री कप टि–ट्वेन्टी क्रिकेटमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई २ रनले हराएको छ ।

मुलपानी मैदानमा भएको खेलमा ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । अन्तिम २ ओभरमा सुदूरपश्चिमलाई ९ रन चाहिएकोमा उन्नाईसौं ओभरमा आरिफ शेखले मात्र ३ रन खर्चेर एक विकेट लिए भने अन्तिम ओभरमा करन केसीले मात्र ३ रन दिएपछि पुलिसले रोमाञ्चक जित हात पारेको हो । पुलिसका आरिफ शेखले मात्र ९ रन दिएर ४ विकेट लिए। करन केसी, दिपेन्द्र ऐरी र पवन सर्राफले एक एक विकेट लिए।

सुदूरपश्चिमका गजेन्द्र बोहराले २७, नारायण जोशीले २२ तथा खडक बोहराले १३ रन बनाएपनि टिमलाई जिताउन सकेनन् ।

टस हारेर ब्याटिंग गरेको पुलिस क्लबले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो। पुलिसका कुशल भुर्तेलले २१ तथा पवन सर्राफले २० र आरिफ शेखले १० रन बर्नाए । सुदूरपश्चिमका नारायण जोशीले समान तीन तीन तथा शेर मल्लले दुई विकेट लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *