पीएम कप: पुलिसद्वारा आर्मी ४ विकेटले पराजित

काठमाडौँ। प्रधानमन्त्री कप टी–ट्वेन्टी राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मंगलबार नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराएको छ ।

१३८ रनको लक्ष्य पाएको पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । पुलिसको जितमा ओपनर कुशल भुर्तेलले ३५ रन बनाए । रासिद खानले २८, दिलिप नाथले २५ र अनिल साहले अविजित २५ रन जोडे । आर्मीका शाहब आलमले ३ र जितेन्द्र मुखियाले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मी खेल सकिन एक बल बाँकी हुँदै १३७ रनमा अलआउट भयो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ४४ र सोमपाल कामीले ४२ रन जोडे । पुलिस क्लबका करण केसीले ४ विकेट लिए । गुल्शन झा र योगेन्द्रसिंह कार्कीले २–२ विकेट लिए ।

जितसँगै पुलिस क्लव लगातार २ जित निकाल्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *