प्रदेश दुईद्वारा गण्डकी २ विकेटले पराजित

काठमाडौँ । प्रधान मन्त्रीकप टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश दुईले गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो । जवाफमा उक्त लक्ष्य प्रदेश २ ले ८ विकेट गुमाएर ११ बल बाँकी हुँदा पुरा गरेको थियो ।

प्रदेश दुईका लागि कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रन बनाउँदा ओपनर सन्तोष कार्कीले २३ रन जोडे । त्यस्तै हरिकृष्ण झाले १७ रन जोड्दा अर्का ओपनर हरिसंकर साहले १२ रन बनाएका थिए । थप दोहोरो स्कोरका रुपमा विवेक यादवको १० रन रह्यो । गण्डकीका लागि कृष्ण पौडेलले ३ विकेट लिंदा विशाल पौडेल र सुवास भण्डारीले २-२ विकेट लिएका थिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाए । त्यस्तै सन्दीप क्षेत्रीले २७ रन बनाउँदा अनिल गुरूङ र कप्तान विपिन खत्रीले समान १०-१० रन जोडेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *