बमको विस्फोटक अर्धशतकमा एपीएफको दोस्रो जित

काठमाडौँ । प्रधानमन्त्रीकप राष्ट्रिय टी-२० क्रिकेटमा समुह ‘बि’ मा रहेको विभागिय टीम एपिएफले लगातार दोस्रो जित निकालेको छ। एपिएफले लोकेश बमकाे सानदार अर्धशतकमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो।

टियु मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले एपिएफलाई जितका लागि १ सय २६ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य एपिएफले ८ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गरेको थियो । एपिएफको जितमा तेस्रो नम्बरमा ब्याटिङ गरेका लोकेश बमले २४ बलमा ५० रन प्रहार गर्दै टीमको जित निश्चित गरेका थिए । उनले आफ्नो इनिङमा १० चौका र १ छक्का प्रहार गरे । त्यसअघि ओपनर प्रदीप ऐरीले ५४ बलमा ३६ रन बनाउँदा आसिफ शेख १२ रनमा आउट भए । सन्दीप जोरा १५ रनमा अविजित रहे ।

त्यसअघि बागमतिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो। टस जितेर पहिलो ब्याटिङ गरेको बागमतिका लागि ओपनर इशान पाण्डेले २९ रन बनाउँदा सुवास खकुरेलले २१ रन बनाए । त्यस्तै नन्दन यादवले २४ रन बनाउँदा अदिल खानको नाममा १९ रन रह्यो । अन्यको प्रदर्शन भने गतिलो रहेन कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भएका थिए ।

एपिएफका लागि अविनास बोहोराले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै कमल सिंह ऐरीले २ विकेट लिंदा किशोर महतो र सरद भेषवाकरले १-१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *