कञ्चनपुरको भीमदत्तमा हिमालयन बैंकको शाखा
मकालु खबर
२०७८ पुस २७ गते
काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–६, चम्मनचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ । महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ ।
बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।
मकालु खबर
२०७८ पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित