क्लासिक टेकले ल्यायो उच्च गतिको इन्टरनेटसहित ‘टाक्एन प्याकेज’
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले मक मूल्यमा उच्च गतिको इन्टरनेटका लागि ‘टाक्एन प्याकेज’ ल्याएको घोषणा गरेको छ । फेसबुक लाइभमार्फत नयाँ ब्राण्ड एम्बासेडर बिपिन कार्कीद्वारा कम्पनीले उक्त प्याकेज सार्वजनिक गरेको हो ।
टाक्एन प्याकेजअन्तर्गत १५० एमबीपीएस, २२५ एमबीपीएस, ३२५ एमबीपीएस, ६२५ एमबीपीएस र १००० एमबीपीएस को बिभिन्न प्याकेज हरु समायोजन गरिएको छ। १५० देखि १००० एमबीपीएससम्म को प्याकेज क्लास्सिक को वेवसाइटमार्फत लिन सकिने जनाएको छ ।
अहिले क्लास्सिक टेक प्रयोग गरिरहेका प्रयोगकर्ताले प्याकेजअन्तर्गत ६५० गुणाले अपग्रेडेड सेवा निःशुल्क पाउने जनाएको छ।
टाक्एन प्याकेज प्रयोगकर्ताले आईपीटीभी सित्तैमा प्रयोग गर्न सक्ने र टाइम ब्याक सिस्टमअन्तर्गत प्राविधिक कारणले सेवा अवरुद्ध भए कम्पनीले त्यसको क्षतिपूर्ति बापत दिनहरु थप गर्ने जनाएको छ ।
‘उच्च गतिको इन्टरनेट सेवा, न्यून मूल्यमा सबै शहर तथा गाउँ घरमा पहुँच पुर्याउने उद्देश्यले कम्पनीले उक्त प्याकेज ल्याएको जनाएको छ ।
नेपालमा सन् २००९ देखि सुरुभएको क्लासिक टेकको सेवा १२ वर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको जनाएको छ । देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जाँदा क्लासिक टेक्ले कम मूल्यमा उच्च गतिको इन्टरनेट सेवा ल्याएको जनाएको छ ।