गण्डकीलाई हराउँदै एपिएफको लगातार तेस्रो जित

काठमाडौँ । प्रधान मन्त्रीकप टी-२० क्रिकेटमा विभागिय क्लब एपिएफले लगातार तेस्रो जित निकालेको छ । कमजोर स्कोरको बीचमा गण्डकी प्रदेशलाई रोमाञ्चक रुपमा तीन रनले पराजित गर्दै एपिएफले लगातार तेस्रो जित निकालेको हो ।

एपिएफले आफ्नो तेस्रो खेलमा गण्डकी प्रदेशलाई जितका लागि ९३ रनको सामान्य स्कोर प्रस्तुत गरेको थियो । तर बलरको उत्कृष्ट प्रदर्शनमा एपिएफ लगातार जितको यात्रा जारी राख्न सफल भयो । जितका लागि राम्रो मौका पाएपनि गण्डकीले केवल २० ओभरमा ७ विकेट गुमाएर केवल ९० रन मात्र जोड्न सक्यो । त्यसअघि एपिएफ १८.४ ओभरमा नै अलआउट हुँदै ९२ रनमा समेटिएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको एपिएफका लागि प्रदीप ऐरीले १७ रन बनाउँदा आसिफ शेखले १६ रन बनाए । त्यस्तै सन्दीप जोराले १० रन तथा सुमित महर्जनले १२ रन जोडे। दिपक बोहोरा १५ रनमा रनआउट भएका थिए।

एपिएफलाई सस्तैमा समेट्ने क्रममा कमल परियारले ३ विकेट लिंदा विशाल पौडेलले २ विकेट लिए। त्यस्तै चन्द्र पौडेल, कृष्ण पौडेल तथा सुवास भण्डारीले समान १-१ विकेट लिए। ९३ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान विपिन्न खत्रीको ३९ बलमा ३६ रन सर्वाधिक रह्यो। त्यस्तै विधान श्रेष्ठले ४९ बलमा २९ रन बनाए। अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेन्न। एपिएफका लागि कमल ऐरीले ३ विकेट लिंदा किशोर महतोले २ विकेट हात पारे। त्यस्तै अभिनास बोहोराले १ विकेट लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *