प्रभु क्यापिटल विशाल बजार कम्पनीको शेयर रजिस्ट्रारमा नियुक्त

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड विशाल बजार कम्पनी लिमिटेडको शेयर रजिस्ट्रारमा नियुक्त भएको छ ।

शेयर रजिस्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबिच सम्झौता भएको हो ।

सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगन बहादुर बि के र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासूँ थपलियाले हस्ताक्षर गरेका हुन ।

माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिस्ट्रार मा नियुक्त गरेको हो ।

शेयर राजिष्ट्रारको रूपमा प्रभु क्यापिटलले विशाल बजार कम्पनी लिमिटेडको धितो पत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयर धनीहरूको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरू गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *