ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
मकालु खबर
२०७८ माघ ४ गते
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ललितपुरको गोदावरी नगरपालिका– १०, टाखेल चापागाउँमा शाखा कार्यालय विस्तार गरेको छ ।
सोमबारबाट उक्त शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरिएको बैंकले जनाएको छ ।
योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङमार्फत सेवा दिइरहेको छ ।
मकालु खबर
२०७८ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित