आगामी केही हप्ता जोखिमपूर्णः डब्ल्युएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसेसले धेरै देशका लागि आगामी केही हप्ता निकै जोखिमपूर्ण रहेको बताएका छन् । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन विश्वभर नै अत्यन्तै तीव्र गतिमा फैलिरहेकोले केही साता धेरै देशका स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीमा ठूलो दबाब पर्ने उनको भनाइ छ ।

ओमिक्रोनको फैलिने क्रमलाई रोक्न उनले सबैलाई सकेको मद्दत गर्न अपिल पनि गरे । उनले ओमिक्रोनबाट बच्ने सहज उपाय खोप भएकाले खोप नलगाएकाहरुलाई खोप लगाउन पनि उनले आग्रह गरेका छन् । उनले ओमिक्रोन पछि पनि अन्य नयाँ भेरिएन्टहरु देखिन सक्ने चेतावनी पनि दिए । ओमिक्रोन र अन्य भेरिएन्टविरुद्ध अझ बढी प्रभावकारी हुने खोपको विकास भइरहेको पनि उनले बताएका छन् । उनले ओमिक्रोनलाई वेवास्ता गर्न नहुनेमा जोड दिए ।

यसअघिको भेरिएन्ट डेल्टाभन्दा कम खतरनाक भनेर ओमिक्रोनलाई कम नआँक्न उनले सचेत गराएका हुन् । नियमित पत्रकार सम्मेलनमा उनले विश्वका धेरै मानिस अहिले पनि खोपको पहुँचभन्दा बाहिरै रहेकाले ओमिक्रोनलाई बेवास्ता गर्दा धेरैले ज्यान गुमाउनसक्ने चेतावनी दिए । ‘ओमिक्रोनका कारण विरामी अस्पताल भर्ना भइरहेका छन् र मृत्यु पनि भइरहेको छ । यो पहिलेको भेरिएन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेको छ’ टेड्रोसले भने ।

प्रतिक्रिया

One thought on “आगामी केही हप्ता जोखिमपूर्णः डब्ल्युएचओ

  1. what’s going on? Scare no human beings, the innocent ones for no reasons !!! If these so called varient is enevitable , then dooms day is near. Stop playing this hineous game..or if it so help human beings overcome this.

Leave a Reply

Your email address will not be published. Required fields are marked *