७ दिन आइसोलेसनमा बसे पुनः परीक्षण गर्नु नपर्ने

काठमाडौँ । कोरोना संक्रमित व्यक्ति ७ दिन आइसोलेसनमा बसेमा पुनः परीक्षण गर्नु नपर्ने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले ७ दिनपछि संक्रमण सर्ने जोखिम न्यून भएका कारण पुनः परीक्षण गर्न नपर्ने बताए । तर त्यसका लागि ३ दिन लक्षण नदेखिएको हुनुपर्ने छ ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूका ५ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने पनि उनले बताए  । कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले पाँच दिनपछि मात्रै परीक्षण गर्न पनि उनको सुझाव छ ।

पाँच दिनपछि परीक्षण गर्दा पोजेटिभ देखिएमा पुनः सात दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ । डा. पौडेलका अनुसार अस्पतालबाट डिस्चार्ज भएपश्चात तीन दिनपछि घरमा आइसोलेसनमा बसेर बाहिर निस्कन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *